सुशान्त सिंह राजपुतको नि’धनले धेरैको आँशु रोकिएको छैन्न । राजपूतको सोमबार नै दाहसंस्कार गरिएको छ । विले पार्लेस्थित पवन हंस शवदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार बुबा र बहिनीले दागबत्ति दिएर गरेका थिए ।४ दिदी बहिनीको एक्लो भाइले यस्तो कदम चालेपछि परिवार शोकमा डुब्यो । उनकी दिदी स्वेता सिंह बुबालाई सम्हाल्न अमेरिकाबाट आइन् ।
खबरका अनुशार सुशान्तको अ’न्तिम संस्कार अर्थात अस्ति विसर्जन गर्न उनीहरु भारतको बिहार स्थित पटना पुगेका छन् । सुशान्तकी दिदी स्वेता सिंहले फेसबुक मार्फत उक्त्त कुराको जानकारी दिएकी हुन् ।
“अमेरिकाबाट म सकुशल पटना आइपुगेको छु । आज हामी हाम्रो प्यारो भाइको अस्ती बि’सर्जन गर्दैछौं । तपाइहरु सबैले उस्लाई माया गर्दै प्राथना गर्नुहोला । हामी पनि यहाँबाट प्राथना गर्छौं सबैजना मजबुत भएर उस्लाई बि’दा गरौं ।” उनले लेखेकी छिन् ।
अघिल्लो पोष्टमा उनले भाइलाई मायाले भरिएको स्टाटस लेखेको थिइन् । सरी मेरा सोना भन्दै सुरु गरेकी उनले पीडा भरिएका कुराहरु गरेकी छिन् । १६ वर्षको उमेरमा नै आमा गुमाएका सुशान्तलाई तिनै दिदी र बुबाले सम्हाल्दै आएका थिए ।
यस्का साथै उनीहरु आफ्ना काका र सानीमाहरु सँग पनि निकट थिए । उनको मृत्युको पीडा खप्न नसकेर उनको काकाको बुहारीको निधन भएको थियो ।