भोलि अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्ने : राशी अनुसार यस्तो फल प्राप्त हुने

News

काठमाडौँ – भोली असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ । यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।

मेष राशी – श्री प्राप्ती

वृष राशी – क्षती

मिथुन राशी – घात

कर्कट राशी – ब्यय

सिंह राशी – लाभ

कन्या राशी – सुखम्

तुला राशी – माननाशः

वृश्चिक राशी – कष्टम्

धनु राशी – स्त्रीपिडा

मकर राशी – सौख्यम्

कुम्भ राशी – चिन्ता

मीन राशी – ब्यथा

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।

१. ग्रहणको समयमाभोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ ।

२. ग्रहणकालमा भोजन बनाउनु वा यसको तयारी गर्नु समेत हुँदैन।

३. ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुँदैन अन्यथा असफलता प्राप्त हुनेछ ।

४. ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ ।

५. ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ ।

६. यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।

७. ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुँदैन ।

८. यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।

९. ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुँदैन ।

१०. यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ ।

११. ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित रहन्छ ।

१२. ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ ।

१३. ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ ।

१४. ग्रहणलाई नागों आखाँले हेर्नु हुँदैन ।

१५. यस कालमा ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।

१६. ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुँदैन ।