अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रदेश नम्बर १ प्रादेशिक कमिटिको बैठक भोली बस्ने भएको छ । एन्फाको नेतृत्व तहमा आन्तरिक विवाद चर्किएसंगै प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको भोलीका लागि बैठक बोलाएको हो ।
बैठक एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गबीच देखिएको आन्तरिक द्धन्दकै एजेण्डामा केन्द्रित रहनेछ । नेम्बाङ्ग प्रदेश १ बाटै फुटबलको केन्द्रिय राजनीतिमा प्रतिनिधित्व गर्छन् । पछिल्लो समय नेतृत्वसंग उनको असन्तुष्टि चुलिएको छ भने दुवै बीच वारपारको लडाँई सुरु भएको छ ।
बैठकमा एन्फाभित्र देखिएको आन्तरिक विवाद, उपाध्यक्षले राख्दै आएका फरक मत सहित प्रदेश कमिटिको विधान, कार्यक्रम लगायतका एजेण्डा तय गरिएको छ ।