ललितपुरमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि

Health-Education

ललितपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।