कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्यु

धनगढी-कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रतिक बिष्टले क्वारेन्टिनबाट हिजो मात्रै घर पठाईएका उनको आज मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो । मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भईरहेको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।