तमोर नदीले बगाउँदा ३ जना बेपत्ता

News

ताप्लेजुङ र तेह्रथुम जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा तमोर नदीले बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

पत्ता हुनेमा ताप्लेजुङका १ जना र तेह्रथुमका २ जना रहेको प्रदेश १ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार ताप्लेजुङका सोमबार दिउँसो ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता बनाएको हो ।

बेपत्ता लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी सोमबार दिउँसो ३ बजे साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रञ्जीत शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् ।

पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएपछि उनीहरुसँगै गएका साथीहरुले खबर गरेपछि स्थानीयवासीहरु खोजी कार्यमा जुटेका थिए ।

उनीहरुको अहिलेसम्म कुनै पत्तो नलागेको ईलाका प्रहरी आठराईले जानकारी दिएको छ। बेपत्ताहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।