स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र बिल्बाओ भिड्ने

Sports

स्पेनिस ला लिगा फुटबलमा आज मंगलबार उपाधि दाबेदार बार्सिलोनाले एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा बिल्बाओसँग खेल्नेछ । बार्सिलोना र बिल्बाओबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । क्याम्प नाउमा सहज जित निकाल्दै बार्सिलोना आफ्नो उपाधि होड कायम राख्न चाहन्छ ।

यस्तै बार्सिलोना जितसहित शीर्ष स्थानमा उक्लन चाहन्छ । ३० खेलमा ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ । त्यस्तै लिगको १० औं स्थानमा रहेको बिल्बाओले ४२ अंक जोडेको छ ।  बिल्बाओ पनि बार्सिलोनालाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । समान अंक भएपनि रियल मड्रिड गोल अन्तरमा शीर्ष स्थानमा रहेको छ ।

घरेलु मैदानमा जित निकाले बार्सिलोनाले रियललाई ३ अंकले पछि पार्नेछ । लिगको १० औं स्थानमा रहेको बिल्बाओले ४२ अंक जोडेको छ । ला लिगा अन्तर्गत नै मंगलबार एट्लेटिको मड्रिडले लेभान्टेसँग खेल्नेछ । त्यस्तै रियल भायाडोलिटले गेटाफेसँग खेल्नेछ ।