बेँसीशहर–चामे सडक पुनःसञ्चालन

News

अविरल वर्षाले पहिरो जाँदा  अवरुद्ध बेँसीशहर–चामे सडक पुनःसञ्चालन भएको छ। पहिरो जाँदा सोमबार बिहानदेखि विभिन्न स्थानमा पहिराले अवरुद्ध सडक गए रातिदेखि चलेको हो।

लमजुङको मस्याङ्दी गाउँपालिकास्थित च्याम्चे, रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा एक्साभेक्टरको माध्यमबाट पहिरो पन्छाई सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय दमौली तनहुँका इञ्जिनीयर सुनम अधिकारीले बताए । उनका अनुसार सबैभन्दा बढी च्याम्चेमा करिब २० मिटर सडक अवरुद्ध भएको थियो।

अहिले पहिरो हटाइए पनि कुनै पनि बेला सोही स्थानलगायत विभिन्न स्थानमा वर्षाले बेँसीशहर– चामे सडक अवरुद्ध हुन सक्ने उनको भनाइ छ। बेँसीशहरदेखि मनाङसम्मको ६५ किलोमिटरको सडक गत शनिबार  विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो।