भारतीय अभिनेता गोविन्दा सवार कार दुर्घटना

Entertainment

बलिउड अभिनेता गोविन्दा सवार कार अर्को कारसँग एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक मात्र थिए। गोविन्दाको कारसँग ठोक्किएको अर्को गाडी यशराज ब्यानरसँग सम्बन्धित व्यक्तिको रहेको वताइएकाे छ।

बुधबार राति जुहू प्रहरी वृत्तमा दर्ता भएअनुसार करिब साढे ८ बजे दुर्घटना भएको थियो। दुर्घटनामा सवार सबै सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।