काठमाडौं – भारतमा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा कम्तीमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो । घटना बिहीबारको हो ।
क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले बताएका छन् ।
बीबीसीसँग उनले भनेका छन्, ‘अन्य सबै जिल्लामा भएका क्षतिबारे विवरण संकलन जारी छ । कुनै जिल्लामा धेरै चट्याङ परेका थिए। यसैकारण क्षति अझै भएकाे हुन सक्छ ।’
पटनास��थित मौसम विज्ञान केन्द्रले आगामी तीन दिन अझै भारी वर्षाकाे सम्भावना रहेकाले सतर्क रहन चेतावनी जारी गरेकाे छ । जसले गर्दा अझै चट्याङ पर्ने सम्भावना देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।