बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ । संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको छ ।
अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापक सारा गिलबर्टका अनुसार अब खोप तेस्रो चरणको परीक्षण क्रममा रहेको छ । खोप लगाउन ८ हजार स्वयंसेवकले नाम दर्ता गराइसकेका छन् । तर, यो खोप कहिलेसम्म आममानिसमा प्रयोगका लागि तयार हुन्छ भन्नेबारे केही खुलाइएको छैन् ।