नेकपा स्थायी कमिटी बैठक बस्दै, प्र.म.ओलीलाई पद छाड्न निर्णय गराउने बहुमत सदस्यको तयारी

Politics

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठकमा अधिकांश नेताले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू प्रधानमन्त्रीलाई राजीनामा गराउने गरी निर्णयको तयारीमा छन् । प्रधानमन्त्री केपी ओली राजनीतिक र नैतिकका साथै अंकगणितीय दबाबमा पनि पर्नुभएको छ ।

नेकपाको ९ सदस्यीय सचिवालयका ६ र ४५ सदस्यीय स्थायी कमिटीका ३० सदस्यले ओलीको राजीनामा मागेका छन् । ओली पक्ष सत्ता जोगाउने रणनीतिमा लागेको छ भने प्रचण्ड–नेपाल पक्ष जसरी पनि ओलीलाई हटाउने पक्षमा देखिएका छन् । दुबै पक्षले छुट्टाछुट्टै भेलासमेत गर्दै आएका छन् ।