नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पितृशोक

News

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।

९८ वर्षको उमेरमा आइतबार राति कुलमानका बुवा कृपासिंह घिसिङको निधन भएको हो। सुकेधारास्थित निवासमा अचानक बेहोस भएपछि उनलाई मेडिकेयर अस्पताल लगिएको थियो।

उनलाई अस्पतालले मृत घोषणा गरेको परिवारिक स्रोतले जनाएको छ। कृपासिंहका कुलमानसहित ६ छोरा र तीन छोरी छन्। उनको सोमबार नै अन्त्येष्टि गर्ने तयारी छ ।उनको श्रीमतीको केही बर्षअघि नै निधन भइसकेको थियो।