पार्टी एकता जोगाउन भन्दै नेकपाका नेताहरु पार्टी कार्यालयमा धर्ना

Politics

पार्टीको एकता जोगाउन भन्दै नेकपाका केन्द्रीय नेताहरुको आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना तथा भेला जारी छ ।

दिउसो २ बजेदेखि ३ बजेसम्म पार्टी एकता जोगाउन दवाव दिने उद्धेश्यले धर्ना दिने कार्यक्रम राखेको पार्टीका केन्द्रीय सदस्य ठाकुर गैह्रेले जानकारी दिनुभयो ।

धर्नापछि केन्द्रीय सदस्यहरुको भेला समेत आयोजना गरिएको र भेलामा एकता जोगाउनका लागि के के गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने उहाँको भनाई छ । विवाद अन्त्य गरी पार्टीलाई निकास दिनका लागि केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्ने कार्यलाई पनि भेला मार्फत् अगाडि बढाइएको छ  । हस्ताक्षर संकलन हिजोदेखि नै भइरहेको छ ।

नेकपाको विधानमा कुल केन्द्रीय सदस्य मध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर बैठकको माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था रहेको छ । एकतालाई जोगाउन सक्ने सवैभन्दा प्रभावकारी उपाय नै केन्द्रीय कमिटीको बैठक भएकाले तत्काल बैठक बोलाउन आफुहरुले माग गरेको गैह्रेले बताउनुभयो । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका गैह्रेले केन्द्रीय कमिटीले अन्याय गर्नेलाई सजाय र अन्यायमा परेकालाई न्याय दिने दावी समेत गर्नुभयो ।