सिनामंगलबाट गैंडाको खागसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा गिरी बराललाई रहेका छन् ।
उनीहरूले सिनामंगलस्थित एक क्याफेमा गैंडाको खाग खरिद विक्री गर्न लागेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको टोलीले खरिद विक्री गर्न लागेको अवस्थामा बुद्धि क्षेत्रीले बोकेको झोला खानतलासी गरेका थिए । उक्त झोलाबाट गैंडाको खागजस्तो देखिने वस्तु फेला परेको परिसरले जनाएको छ ।