पछिल्लो ६ दिनमा उपत्यकामा संक्रमितको संख्यामा तीन गुणाले वृद्धि

Health-Education

काठमाडौँ उपत्यकामा ह्यातै कोरोना संक्रमण बढेको छ । विज्ञहरुले भने अझै तीव्र गतिमा फैलिने संकेत देखिएको बताएका छन् । उपत्यकामा ५ महिनामा फाट्टफुट्ट मात्रै संक्रमण देखिए पनि पछिल्लो ६ दिनमै संक्रमितको संख्या ९२ बाट तीन गुणा बढेर २ सय ७६ पुगेको छ ।

संक्रमित बढ्नुमा पहिलो आधार संक्रमितको संख्या बढ्नु नै हो ।
संक्रमितको नजिक नगएका या संक्रमण भेटिएको ठाउँमा नपुगेका व्यक्तिमा पनि संक्रमण देखियो भने त्यसलाई अर्को आधार मान्न सकिन्छ ।

जुन गतिमा संक्रमण बढिरहेको छ, अहिले नै नियन्त्रण गर्न नसके भोलि महामारीको रूप लिने स्पस्ट छ । अहिले जोखिम समूहको मृत्युदर १५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ तर अहिले जुन मृत्युदर देखिएको छ, त्यसले आत्तिनुपर्ने अवस्था नदेखिएपनि वास्तविक मृत्युदर समुदायमा संक्रमण फैलिएको दुई सातापछि मात्रै देखिन्छ , जुन निकै ठुलो मात्रामा हुनसक्छ र भयावह स्थिथि नहोला भन्न सकिन्न , त्यसैले बेलैमा सबै सजक हुनेपर्ने देखिएको छ।