औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । अनुगमनका क्रममा दुई औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको छ ।
बुधबार एक सूचना प्रकाशित गरी विभागले विभागले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) नामक औषधिहरुको बिक्री वितरण रोक लगाएको हो ।