भारत र नेपाल बिचको वर्तमान तनावका कारण दुई देशका सिमाक्षेत्रम रहेका गाउँहरु बीचको आवत जावत ठप्प छ। दुबैतिरका स्थानीयहरू विश्वास गर्छन् कि आम जनताले नै यो तनावबाट उत्पन्न हुने घाटामा सहनुपर्ने छ। विगत केही महिनादेखि भारतको बलुआ गुआबारी र नेपाल सीमामा रहेको बन्जाराहा गाउँ बीच तटबन्ध मर्मत कार्य भइरहेको थियो। यो बाँध भारतको एक भागमा छ। लालबबेया नदीमा बाढी आउने सम्भावनालाई ध्यानमा राख्दै बिहार सरकारले हरेक बर्ष जस्तै तटबन्ध मर्मत गर्ने काम गरिरहेको थियो।करिब ४ किलोमिटर लामो यो तटबन्धको मर्मत कार्य भइरहेको थियो तर जुन १५मा नेपालको रौतहट जिल्लाका केही अधिकारीहरूले निर्माण कार्य रोकेका थिए। हाल भारत र नेपाल सीमा विवादमा आमने सामने छन्। नेपालले नयाँ नक्शामा लिपुलेख, कालापानी र लिम्पीयाधुरालाई समावेश गरेपछि बिहारको पूर्वी चम्पारण जिल्लामा बाँधको निर्माणाधीन निर्माणलाई रोकेको हो।
नेपाली पक्षको भनाइ अनुसार भारतले नो मेनस ल्याण्डमा बाँधको काम गर्दैछ र यसले दुई देशहरूबीच झगडा निम्तिएको छ र दुबै छेउछाउको सीमा गाउँहरूमा बस्ने जनताको जीवनमा यसले असर गरिरहेको छ।नेपालको अनुसार भारतले सीमा पिलर नम्बर ३४६/६ देखि ३४६ /७ मा पुल विस्तार गरी नो मेन्स ल्याण्डमा विस्तार गरेको छ र नो मेन्स ल्याण्ड अतिक्रमण गरी अझै कार्य गर्दैछ।नेपाली पक्षको आपत्ति पछि पूर्वी चम्पारण जिल्ला प्रशासनले बाँध मर्मत सम्बन्धी काम हाल रोकेको छ र छिट्टै विवाद सुल्झाउन भारत सरकारको गृह मन्त्रालय र भारत सरकारको सर्वेक्षण विभागलाई पत्र पठाएको छ। पूर्वी चम्पारण जि���्लाका जिल्ला मजिस्ट्रेट एपेक्स कपिल अशोकले भने कि बाँध निर्माणको ९९ प्रतिशत पूरा भएपछि नेपाली पक्षले आपत्ति जनाएको छ। स्थानीय तहमा विवाद सुल्झाउन नसकिएपछि पछि केन्द्र सरकारलाई पत्र लेखिएको छ।
द टेलीग्राफको रिपोर्टका अनुसार गत वर्ष पनि नेपालले यस्तै आपत्ति जनाएको थियो।
त्यसपश्चात जिल्ला प्रशासनले देहरादूनको भारतीय सर्वेक्षणको मुख्यालयमा एक पत्र लेखीयो ताकि सर्वेक्षण गरी यो विवाद छिटो सुल्झाउन सकियोस तर जिल्ला प्रशासनको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।
दुबै देशका नागरिकहरूको आ-आफ्नै दावी
बलुआ गुआबारी गाउँका ६३ बर्षे वृद्ध लक्ष्मी ठाकुर बताउछन् – “भारतको बाँध निर्माण आफ्नै जग्गामा भइरहेको छ , नेपालई यी दुई पिल्लरहरूको बिचमा गलतफहमी रहेको छ।” उनले भने, ‘बाढीमा पानीको बहावको कारण पिल्लर अलिकति सर्यो होला तर अतिक्रमणको तथ्य बिल्कुल गलत छ। यस विषयमा सत्यता मात्र उजागर हुनेछ जब दुवै देशका अधिकारीहरूको उपस्थितिमा सर्वेक्षण गरिन्छ।

गाउँका उप – मुखिया देवानन्द प्रसाद भन्छन् कि यसभन्दा पहिले नेपालसँग यस्तो कुनै विवाद आएको थिएन। कहिलेकाँही दुबै देशका स्थानीय अधिकारीहरूले हल्का आपत्तिको कारण वार्ताको माध्यमबाट त्यसलाई समाधान गर्थे तर यस पटक कुन देशको इशारामा हुँदैछ थाहा छैन।
अर्कोतर्फ, नेपालको ईशनगर नगरपालिकाको बन्जाराह गाउँका मानिसहरु भन्छन कि भारतले उनीहरुलाई बचन दिए अनुसार नगरी धोका दिएको छ। यस गाउँका प्रमुख बिगु साह भन्छन्, “विगतमा दुई देशहरूबीच सम्झौता भएको थियो कि जब पनि भारतले बाँध बनाउँछ, नेपालबाट पानी निकाल्न बाँधमा दुई वटा पुलहरू निर्माण हुन्छन्, तर त्यसो भएन। अहिले हाम्रो गाउँ डुबेको छ जब बाढी आउँछ र पानीको निकासको लागि समय लिन्छ। ‘
उनी भन्छन्, “भारतको तर्फबाट गाउँका मानिसहरूले बाँधको किनारमा घरहरू बनाएका छन्। उनीहरूले बाँधलाई नो मेन्स लन्डमा विस्तार गरिरहेका छन्। यदि उनीहरूले हाम्रो गाउँबाट पानी निकासको बारेमा सोचेका थिए र उनीहरूले आफ्नो जमिनमा बाँधहरू बनाए भने हामीलाई कुनै आपत्ति हुँदैन। ‘
सिमानामा तनावका कारण साधारण मानिसहरुलाई अप्ठेरो
सीमा विवादका कारण दुई देशबीचको आवत जावत ठप्प भएको छ। यसले स्थानीय जनताको दैनिक जीवनलाई असर गरिरहेको छ। दैनिक जीवनका आवश्यकताहरू, व्यवसायदेखि कृषिसम्म यस विवादका कारण पीडित छन्।
बलुआ गुआबारीका जनताले सीमा विवादका कारण कमाई गुमाएको गुनासो गरे। यहाँ किराना पसल चलाउने अरुण कुमार भन्छन् कि आजकल उनी हरेक दिन खाली हात घर फर्कनु पर्छ। उनी भन्छन्, ‘सामान्य दिनहरूमा २०००- २५०० रूपैयाँको बिक्री हुने गर्थ्यो, तर अहिले ५०० रुपैंयाको मात्र बिक्रि हुन्छ ।’

सीमावर्ती बलुआ गाउँका सन्तोष साह भन्छन् कि उनी नेपालमा एकजना व्यक्तिको जमिनमा खेती गर्छन् तर सीमा बन्द भएपछि र दुई देशबीचको तनावका कारण उनी यस पटक आफुले कमाउने खेतमा धान रोक्न सकेका छैनन।
उनि भन्छन, ‘यदि खेति लाउन सकियेन भने हामीले उनीहरूलाई जसरि पनि खोजेर वा जुगाड गरेर १०,००० रूपैयाँ दिनुपर्नेछ। सरकारले यो विवादलाई जतिसक्दो चाँडो समाधान गरेर आवत जावत सुरु गर्नुपर्छ।’
अर्कोतर्फ यस विवादका कारण नेपालका जनताको जीवन पनि प्रभावित भइरहेको छ। बंजाराहा निवासी ६३ वर्षीय राजेन्द्र सिंह सुगर र रक्तचापको बिरामी हुन् , उनको उपचार बिहारको सीतामढी जिल्लामा चलिरहेको छ, तर बन्दको कारण ३ महिनादेखि उनले डाक्टरलाई भेट्न पाएका छैनन्। उनि भन्छन्, ‘मेरो औषधि सकियो, तर बन्द भएपछि सीमा पार गरेर औषधि पनि ल्याउन सक्दैनौं। सरकारहरूले कुनै न कुनै रूपमा यो विवाद समाप्त गरेर कुरा सुल्झाउनु पर्छ। ‘
दुई देशबीचको आपसी सम्बन्धको सम्बन्धमा, उहाँ वर्णन गर्नुहुन्छ, ‘पहिलोपटक हामीले महसुस गर्यौं कि हाम्रो छेउको गाउँ अर्को देशमा छ। हामीबीचको सम्बन्ध यति बलियो भयो कि नेपालमा आयोजित दुर्गा पूजाका अध्यक्ष भारतका हुन्। हाम्रो बजारमा अधिकांश पसलहरू सञ्चालन गर्ने मानिसहरू भारतका हुन्, तर हालको लफडा र जग्गाको विवाद पछि हामीले भेट्न नपाएको धेरै महिना भयो।
यस गाउँका छोटिलाल महतो मल-बीउको पसल चलाउँछन्। उनी भन्छन्, “यस बर्ष लक्दाउन र सीमा तनावका कारण हाम्रो सम्पूर्ण व्यवसाय ध्वस्त भयो। प्रत्येक वर्ष यस मौसममा हाम्रो पसलबाट अढाई लाख रुपैया सम्मका मल र बीउहरू बिक्री हुने गर्थ्यो तर यस पटक एक किलो बीउ समेत बिक्री भएको छैन। हामीसंग मल पनि छैन । गत वर्षको बचेको बीउबाट मानिसहरू काम गरिरहेका छन्। ‘छोटा लाल महतो भन्छन् कि यस क्षेत्रको खेती भारतबाट आउने बीज र मलमा निर्भर छ, जुन आज नराम्ररी प्रभावित हुँदैछ। छोटा लाल भन्छन् कि नेपाल सरकार उनीहरूलाई उनीहरूका समस्याहरूको ध्यान दिने आश्वासन दिँदैछ तर व्यवहारमा केही देखिएको छैन। बन्जाराहा गाउँका किशोर पटेल भन्छन् कि भारतसँगको बढ्दो विवादले दैनिक जीवनको आवश्यकता पूरा गर्न उनलाई गाह्रो बनाएको छ। उनी भन्छन्, ‘हामीले भारतीय बजारबाट प्रति किलोग्राम ३० रुपैयाँमा ल्याउने चामल आज नेपालमा ४५ रुपैयाँमा किन्दै छौ। यी दुई देशहरू बीचको विवादले हामी गरिबहरूलाई असर गरिरहेको छ।
भारत र नेपाल बीच खुला सीमाका कारण, दुई देशहरू बीचको व्यापार सम्बन्ध निकै राम्रो छ। नेपालले भारतबाट आवाश्यक पर्ने ९० प्रतिशत आयात गर्दछ भने ५५-६० प्रतिशत सामान नेपालबाट निर्यात गरिन्छ।
२०१५ मा मधेश आन्दोलनका कारण दुई देशबीचको तनावका कारण नेपालको अर्थतन्त्रलाई ठूलो चोट लागेको थियो। यस पटक पनि यस्तै अवस्था सिर्जना हुँदै छ।
नेपाल र भारतबीचको भर्खरैको विवाद भारत सरकारले उत्तराखण्डको घाटियाबागढदेखि लिपुलेखसम्मको ८० किलोमिटर लामो सडकको उद्घाटन गरेपछि सुरू भएको हो। कुनै किसिमको वार्ता र सम्पर्क बिना भारत सरकारले नेपालको भूमिमा सडक निर्माण गर्यो। यसपछि नेपालका प्रधानमन्त्री केपी ओलीले भारतको यो कदम बिरूद्ध कडा कदम चलेका हुन्। यस पछि, नेपालको संसदले नयाँ नक्शा पास गर्यो, जसमा लिपुलेख, लिम्पीयाधुरा र कलापानीलाई नेपालको भागको रूपमा समेटिएको छ।यी सबै तीतोपनाका बीच नागरिकता संशोधन विधेयक नेपालको संसदमा जुन २३ पेश गरियो जसमा भनिएको छ कि नेपाली पुरुषलाई विवाह गर्ने विदेशी महिलालाई नेपाली नागरिकता लिन ७ वर्ष लाग्ने छ। यो विधेयक भारत – नेपाल सम्बन्धको कटुताको बीचमा भारतलाई लक्षित गर्नका लागि ल्याइएको हो भन्ने विश्वास भारतीय पक्ष र नेपालकै केहि दलहरुले गरेका छनं किनकि दुई देशका बीच वैवाहिक सम्बन्ध नेपाल-भारत सीमा क्षेत्रमा सामान्य छ।
वर्तमान विवादलाई विशेषज्ञहरूले कसरी हेर्दैछन् ?
भारतीय विदेश सेवाका पूर्व अधिकारी र नेपालका लागि भारतका राजदूत देब मुखर्जी भन्छन्, “विगतमा हालको जस्तो विवाद धेरै पटक आएको थोयो र नेपालले साना तिन आपत्ति जनाएको थियो ।” दुबै देशका स्थानीय अधिकारीहरूले बसेर यसको समाधान गर्नु पर्छ। यो दिमागमा राख्नु पर्छ कि कुनै पनि देशको धेरै नोक्सान हुनु हुँदैन।
दुई देशबीचको आवत जावत रोकिएकोमा उनी भन्छन कि हाल कोरोना भाइरसको डरले आवत जावत कम हुँदैछ, तर यदि सीमा विवादका कारण आवत जावत रोकिएको हो भने दुवै देशले तुरुन्त वार्ता गरी समाधान खोज्नु पर्छ। सीमा विवादमा चीनको भूमिकाका बारे उनी भन्छन छ कि यदि कुनै देश आफ्नो सिमानाका बारे सचेत छ भने यसमा अर्को देशको हात छ भनेर मान्नु ठीक हुँदैन।
उनी भन्छन्, “हुनसक्छ नेपालका प्रधानमन्त्रीले चीनको दबाबमा यस्तो गरिरहेछन्, तर यसको लागि उनले नेपालका जनतालाई जवाफ दिनु पर्छ। यसभन्दा अघि पनि नेपाल र भारतमा त्यस्तै कुरा भइसकेको छ र २०१५ को मधेस आन्दोलनमा दुवै देश आमनेसामने थिए। यस विषयमा डेनमार्कका लागि नेपालका राजदूत र वर्तमानमा काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा राजनीति विज्ञानका प्राध्यापक विजयकांत कर्ण बताउछन् कि यस विवादमा चीनको भूमिकालाई ध्यान दिनुहुन्छ। उनी भन्छन्, “स्पष्टतः प्रधानमन्त्री केपी ओलीको चीनसँग घनिष्ट सम्बन्ध छ। उनको भर्खरको भारत विरोधी बयानबाजी र नागरिकता विधयाकमा संशोधन चीनको दबाबमा भएको जस्तो देखिन्छ।
अहिलेको विवादका बारे उनी भन्छन्, “नेपालको भारतको सीमामा ९९ विवाद छैन। बिहारको सुस्ता र उत्तराखण्डको कालापानी क्षेत्रमा दुई देशबीच झगडा छ। पूर्वी चम्पारणमा बाँधको निर्माण कार्य रोकिएको बारे उनी भन्छन कि नेपालको यो भाग बाढीप्रति संवेदनशील छ र भारतले त्यस भागबाट पानी निकाल्न पुल निर्माण गर्नुपर्थ्यो।
नेपाल र भारतबीच बिग्रंदै गएको सम्बन्धको बारेमा, विजयकांत कर्ण भन्छन् कि यी दुई देशबीच रोटि-बेटीको सम्बन्ध छ र कुनै पनि नेताको कारण यो सम्बन्ध बिग्रने छैन। उनी भन्छन्, ‘अहिले जुन विवाद चलिरहेको छ त्यो दुई देशका सरकारहरूको बिच हो। नेपालका जनता कहिले पनि भारत बिरोधि हुँदैनन् । यसको साथसाथै उनले भने कि नेपालका प्रधानमन्त्री केपी ओली, जो कोरोना महामारीको सामना गर्न असफल भइरहेका छन्, भारतविरोधी राष्ट्रवादलाई महत्त्व दिएर महत्वपूर्ण विषयहरूबाट सर्वसाधारनको ध्यान हताउन खोजिरहेका छन्। ‘
लेखक कारभान-ए-मोहब्बतको मिडिया टोलीसँग सम्बन्धित कार्यकर्ता हुन्) द्वारा लिखित लेखको नेपाली भावानुवाद हो ।
