कनकाई नदीमा आएको बाढीले ९ घर विस्थापित

News

झापा स्थित कनकाई नदीमा आएको बाढीले ९ घर विस्थापित भएका छन् ,नदीमा आएको बाढीले जिल्लाको शिवसताक्षी नगरपालिका–१० को सुकुम्बासी बस्ती विस्थापित भएको हो। नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ। बर्षा निरन्तर भइरहे करिब १५ घर कटानको जोखिममा परेको छ। झापाको गौरीगञ्चमा पनि ३ परिवार विस्थापित भएको बताईएको छ।

कनकाई नदीको बहाव खतराको लेबल पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाउन थालिएको छ। शनिबार राति साढे १ बजेको मापनमा नदीको बहाव खतराको नजिक पुगेको थियो।

इलामको मैनाचुली मापन केन्द्रको मापन अनुसार राति साँढे १ बजे नदीको बहाव ३.८८ एमएम रहेको छ। ३.८ नाघेपछि चेतावनी लेबल पार गरेको हुन्छ र त्यो खतरा नजिक हुन्छ। खतराको तह पार गर्न ४.३ एमएम पार गर्नुपर्छ। अहिले करिब ३ बजे नदीले उक्त लेवल पार गरेको हो। नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जिल्लाका सबै रेडक्रसकर्मीहरूलाई उद्धारको काममा लाग्न निर्देशन दिएका छन्।