सलह पुनः आउने सम्भावना

News

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको छ। खासै धेरै कुनै नोक्सानी  नगरे पनि  भारतबाट अर्को झुन्ड आउने सम्भावना देखिएको छ ।  भारतका पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने सम्भावना रहेको छ। भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास करिब १५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड देखिएका छन् । यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभङ्गाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको बताइएको छ । भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा रहेका सलहका झुन्ड दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढिरहेको र त्यो झुन्ड नेपाल छिर्नसक्ने सम्भावना पनि बढ्दै गइरहेको छ ।

पानी परेका बेला तथा रातिको समयमा सलहले ठाउँ स्थानान्तरण गर्न नसक्ने भए तापनि ती झुन्ड धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा एक÷दुई दिन तथा सुदूरपश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट एवं प्रदेश ५ का दक्षिण–पश्चिमका भूभागबाट दुई÷तीन दिनमा प्रवेश गर्नसक्ने सम्भावना रहेकाले त्यसको निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्न गराउन केन्द्रले आग्रह गरेको छ ।पानी निरन्तर प¥यो भने सहलले नेपाल प्रवेश गर्न नसक्ने तर पानी बन्द भयो र अहिलेको जस्तो हावाको चाप रह्यो भने नेपाल प्रवेश गर्ने निकै ठूलो सम्भावना रहने केन्द्रले जानकारी गराएको छ।