कुमारी बैंक र देव विकास बैंकले आज देखि एकिकृत कारोबार शुरु गरेका छन् । नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गरेका हुन । देव विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गरेको हो ।
प्राप्ती सम्बन्धी प्रस्ताव कुमारीले जेठ १९ गतेको विशेष साधारण सभामार्फत र देवः विकास बैंकले सोहि दिन सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत पारित गराएका थिए । दुबै बैंक एक भएपछि चुक्तापूँजी १३ अर्ब २८ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यसैगरि, सोमवारदेखि तीन लघुवित्त वित्तीय संस्था एक भएर कारोबार सुरु गर्ने भएका छन् । एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्थालाई गाभेर एकिकृत कारोबार सुरु गर्ने भएको हो ।