सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी
रवीन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा। सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल पार्टीबाट बाहिरिएका छन् ।
पार्टीको क्रियाकलापप्रति असमति जनाउँदै उनीहरुले साझा परित्याग गरेका हुन् । आइतबार बसेको साझाको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यवाद दिने प्रस्ताव समेत पास गरेको छ ।
पछिल्लो समय संयोजक मिश्रसँग उनीहरुको मतभिन्नता रहँदै आएको थियो । यसैबीच साझा र विवेकशीलबीच पुनः एकीकरणका लागि पहल भइरहेको जनाइएको छ ।