भारतमा नेपालीकाे कपाल मुण्डन गरेपछि राजदूतले देखाए चासाे

International

प्रधानमन्त्री केपी ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान् राम भारतमा नभई नेपालमै जन्मिएको बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेपाल अनि भारत दुवै देशमा आलोचना भइरहेको छ। प्रधानमन्त्रीकै अभिव्यक्तिलाई लिएर भारतीयहरूले त्यहाँ रहेका नेपालीलाई दुव्यर्वहार गरेका छन्। भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोधमा त्यहाँ रहेका एक नेपालीको कपल मुण्डन गरेर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी लगाउन बाध्य पारिएको छ। भारतीयहरूले नेपालीको टाउकोको कपाल मुण्डन गरेर श्रीराम लेखेका छन्। उक्त घटनाबारे भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले चासो देखाएका छन्। राजदूत आचार्यले ट्वीटरमा उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जनाएका छन्। उनले अभिशेकराज सिंहले गरेको ट्वीटमा कमेन्ट गर्दै यस्तो जानकारी दिएका हुन्।

मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुन्डन गरी लेखियो जय श्रीराम