प्याब्सन र एनप्याब्सको निर्णयप्रति नीजि शिक्षक कर्मचारीको आपत्ति

Health-Education

शिक्षक, कर्मचारीहरुको तलब भत्ता रोक्ने र बेतलवी बिदामा राख्ने प्याब्सन र एनप्याब्सको निर्णयप्रति नीजि विद्यालयका शिक्षक, कर्मचारीले आपत्ति जनाएका छन् । प्याब्सन र एनप्याब्सको निर्णय गलत भएकाले उक्त निर्णय फिर्ता लिन माग नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियनले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश पांचले आज प्रदेश पांचका समासजक विकास मन्त्री सुदर्शन बराल, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश पांचका अध्यक्ष लेखनाथ पौडेल र इन्चार्ज हरिप्रसाद पौडेल नेतृत्वको टोलीली मागसतिको ज्ञापन पत्र बुझाएको हो ।