‘नेटफ्लिक्स’मा रिलिज हुँदै राजकुमार रावको ‘लुडो’

Entertainment

अनुराग बसुको डाइरेक्सनमा बनेको फिल्म लुडोको एक सीन शेयर गर्दै बलिउड अभिनेता राजकुमार रावले आफ्ना फ्यानहरुलाई खुशी दिएका छन् । मोशन फोटोमा तपाईले राजकुमारलाई फरक लुकमा देख्न सक्नुहुनेछ । उनको साथमा फातिमा सना सेख रहेकी छन् । राजकुमार राव र फातिमा सना सेख स्टारर फिल्म लुडो नेटफ्ल्क्सिमा आउने भएको छ । यो कुराको जानकारी अभिनेता राजकुमार रावले स्वयं दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका थिए ।