नेपाल प्रवेश गर्न लागेका भारतीय र सशस्त्र प्रहरी बीच झपड, सीमा क्षेत्रमा हवाई फायर

News

झापा जिल्ला स्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी र नेपाल प्रवेश गर्न चाहने समूहबिच झडप भएको छ।

झडपका क्रममा सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायर गरेको छ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायर गरेको हो।

सीमाक्षेत्रमा ४०–५० जनाको समूहमा आएका भारतीय नागरिकहरुले झापाको गौरीगञ्ज–५ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेपछि प्रहरी र उक्त समूह बीच झडप भएको हो।

समुहमा नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई सीमामा खटिएको सशस्त्र प्रहरी रोकेपछि झडपको अवस्था सृजना भएको हो। उनीहरु उनीहरु सशस्त्र प्रहरीमाथि जाइलागेका थिए। झडपका क्रममा सशस्त्र प्रहरीको पोशाक च्यातिएको बताइएको छ।

यसअघि पनि झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो।