उपत्यकामा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं मा ५, ललितपुरमा २ जना र भक्तपुरमा २ जनामा गरी ९ जना संक्रमित थपिएको बताए। योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। अहिलेसम्म ६ वटा जिल्ला कोरोना मुक्त छन्। पछिल्लो २४ घण्टामा थप १५६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ८४० पुगेको छ। आज थप एक जनाको मुत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।