जता पनि कर , मुग्लिन-नारायण सडक प्रयोग गर्न पनि अबदेखि पैसा तिर्नुपर्ने

News

मुग्लिन–नारायणगढ सडकमा यात्रा गर्न पैसा तिर्नुपर्ने भएको छ । सरकारले सो सडकखण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो ।

अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सो सडकखण्डमा यात्रा गर्ने हलुका सवारीबाट २५ रुपैयाँ भारी सवारीसाधनबाट ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिइएको बताए ।