नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा

Health-Education

बाँकेको नेपालगन्जमा  समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि  तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।