वीरगञ्जमा बस्दै आएका जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
उनी ५६ वर्षीय भारतीय नागरिक हुन् । उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । नारायणी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो। भारतको दिल्ली घर भएका उनी वीरगञ्ज–११ श्रीपुरमा बस्दै आएका थिए ।
उनलाई ७ साउनदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको र स्वास्थ्य थप जटिल भएपछि बिहीबार दिउँसोदेखि भने भेन्टिलेटरमा राखिएको थियो, तर राति ११ बजे उनको निधन भएको अस्पतालले पुस्टि गरेको छ। उनको शव हाल वीरगञ्ज कोभिड अस्पतालमै छ । शवको वीरगञ्जमै अन्त्यष्टि गरिने उपाध्यायले जानकारी दिइएको छ।