धनुषाको कोरोना जितेका एक युवकले समाज र परिवारको घृणा सहन नसकेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका – २ का ३५ वर्षीय विशेश्वर यादव रहेका छन् ।
यादव शुक्रबार घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झुण्डिएर आत्महत्या गरे । ९ दिन अगाडि उनी नगराइन नगरपालिकास्थित गंगुली आइसोलेसनबाट घर फर्केका थिए । तर, घरमा बस्न नदिएको र समाजले घृणा गरेपछि आत्महत्या गर्न बाध्य बनेको स्थानीय एक युवकले बताए ।