धुलिखेल अस्पतालमा कोरोनाबाट एक वृद्धको मृत्यु

Health-Education

काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेलका ९८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।