नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । यस्तै मकवानपुर र सप्तरीका एक पुरुष तथा काठमाडौँकी एक महिलाको निधन भएको हो । यससँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय २६ पुगेको छ ।
आज देशभर सात सय सात जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ११ हजार आठ सय ३२ जनाको पीसीआर गर्दा पाँच सय १५ पुरुष र एकसय ९२ महिलामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये काठमाडौँ उपत्यकाका दुई सय जना छन् । काठमाडौँका एक सय ७४, ललितपुरका १८ र भक्तपुरका आठजनामा संक्रमण देखिएको हो । आज दुई सय ६४ जना डिस्चार्ज भएका छन् । अहिले देशभर ११ हजार पाँच सय ५५ संक्रमित आइसोलेसनमा उपचारत छन् । क्वारेन्टाइनमा ११ हजार सात सय ६८ जना रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला संक्रमितमुक्त भएका छन् ।