अर्घाखाँची र जाजरकोटका प्रमुख जिल्ला अधिकारी सरुवा

Politics

गृह मन्त्रालयले दुुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुुर बुढाका अनुसार अर्घाखाँची र जाजरकोटका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

जाजरकोटबाट जनकराज पन्तलाई सरुवा गर्दै उनको ठाउँमा चेतबहादुर बराल र अर्घाखाँचीमा विष्णु पौडेललाई सरुवा गरिएको छ । अर्घाखाँचीका सीडीओ विजय पौडेललाई रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीका लागि पठाइएको गृह मन्त्रालयले जनाएको छ ।