क्यानको साधारणसभा अनिश्चितकालका लागि स्थगित

Sports

भदौ दोस्रो साताका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित भएको जनाउनुभएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम र निषेधाज्ञाका कारण साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जारी विज्ञप्तीमा उल्लेख छ । गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।

स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने जनाइएको छ ।