विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेका छन् ।
महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइनसकेको र कतिपय देशहरुमा अझै बढ्दै गएका भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताएका हुन् । शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेका थिए ।
यसैविच, विश्वभर कोरोना संक्रमितको संख्या चार करोड २६ लाख नाघेको छ । जसमध्ये तीन करोड १५ लाखभन्दा बढी निको भएका छन् भने ११ लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको छ ।