बेल्जियमको एउटा रेसिङ परेवा १६ लाख युरोमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ । परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा हालसम्मकै उच्च रकममा बिक्री भएको हो । न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा २ सय युरोमा बोलकबोलका लागि राखिएको थियो । चीनका एकजना खरिदकर्ताले त्यसलाई १६ लाख युरो तिरेका हुन । परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार खरिद सम्बन्धी समाचारले आश्चर्यचकित भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवा १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो । चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ । न्यू किमका नयाँ मालिकले पनि उसलाई बच्चा जन्माउनका लागि प्रयोग गर्ने ठानिएको छ । बेल्जियम लामो समयदेखि परेवा प्रेमीको घर बनेको छ । जहाँ २० हजार परेवा प्रजनन् गराउनेहरू छन् ।