५०२ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

Health-Education

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार १ सय १२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९८ पुरुष र २ सय ४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । काठमाडौं उपत्यकामा थप ३ सय ३९ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सबैभन्दा धेरै बागमती प्रदेशमा ३ सय ८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा ८, प्रदेश २ मा २७, गण्डकी प्रदेशमा १८, लुम्बिनी प्रदेशमा ६७ र सुदूरपश्चिम प्रदेशमा २ जना कोरोनभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ जना पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ रहेको छ । तीमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख १७ हजार २३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या १ हजार ३ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको छ ।।