डा कोइरालाले कांग्रेसले पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै कांग्रेस पुनःबलियो अवस्थामा फर्कन देशभरका सबै कार्यकर्ता एकजुट हुनुपर्ने बताए । कार्यक्रममा सम्पर्क समितिका सभापति बाबुराम आचार्यले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय नेतृत्व सर्वसम्मतिमा चयन गर्नसके पार्टीका गुटउपगुट अन्त्य हुने विचार व्यक्त गर्दै त्यसका लागि पहल गर्न डा कोइरालालाई आग्रह गरेका थिए । कार्यक्रममा १३३ जनाले रक्तदान गरेका थिए ।