एजेन्सी– चीनको हुनान प्रान्तमा शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा घातक बर्ड फ्लूको पनि प्रकोप देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ ।
स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताइएको छ ।
चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चारहजार ५०० कुखुराहरू मरेका छन् भने सङ्क्रमणपछि १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको छ ।’
मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लुको सङ्क्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको बताइएको छ ।