फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन हो । यो युरोपेली चलन धेरै पुरानो हो । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । यसअघि भने उनले एकअर्कासँग हात नमिलाउन आग्रह गरिसकेका थिए।
फ्रान्समा कोरोना भाइरसका कारण आइतबारसम्म २ को मृत्यु भएको पुष्टि भएको छ । भाइरस संक्रमित हुनेको संख्या करिब १ सय पुगेको छ ।