आवश्यकता अनुसार अन्तराष्ट्रिय उडान रोक्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

News

सर्वोच्च अदालतले आवश्यकता अनुसार अन्तराष्ट्रिय उडान रोक्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

कोरोनाको संक्रमण पुष्टि भएका देशहरुबाट सिधा अथवा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि आदेश दिईएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

आदेशमा भाइरसको संक्रमण फैलिएका चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान लगायतका देशबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने जहाजको अवस्था ख्याल गरी केही दिन वा महिनाका लागि अन्तराष्ट्रिय उडानमा रोक लगाउन आदेशमा भनिएको छ ।