पीपीई प्रयोगको मापदण्ड : लिखितमा एउटा, मौखिक अर्कै

Health-Education

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पत्रकार सम्मेलनमा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको प्रारम्भिक उपचार र नमुना संकलनमा संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) नदिने निर्णय भएकाे बताएका थिए ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, सम्भावित बिरामीको प्रारम्भिक उपचारमा प्रत्यक्ष संलग्न हुने स्वास्थ्यकर्मीहरुले अनुवार्य रुपमा पीपीई प्रयोग गर्नुपर्छ। तर मन्त्रालयका सचिवले भने बिहीबारदेखि लागू गरेको मापदण्ड अनुसार, कोभिड–१९ का लक्षण देखिएका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका दौरान पीपीई प्रयोग हुनेछैन भनेर घोषणा गरेका थिए। ‘बिरामीलाई संक्रमणको पुष्टि भएपछि उपचारमा संलग्न हुने चिकित्सकहरुले मात्रै पीपीई प्रयोग गर्नेछन्,’ उनले भनेका थिए।

श‌ंकास्पद बिरामीका जाँच गर्नका लागि मास्क, पञ्जा र टोपी मात्र लगाए पुग्ने बताए पनि लिखित मापदण्डमा भने गाउनदेखि सर्जिकल मास्कसम्म लगाउनुपर्ने उल्लेख छ। यद्यपी मन्त्रालयले तोकेको मापदण्डले चिकित्सकहरु आफू सुरक्षित हुनेमा भने श‌ंका व्यक्त गर्छन्।