काठमाडौँ – जिल्ला सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । बिश्वब्यापी रुपमा कोरोना माहामारी भइरहेको बेला अस्पतालमा कार्यरत रहेका झन्डै ३ दर्जन कर्मचारीहरु निकालेको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन । “कोरोनाको महामारी बिनोद दङ्गाल भ्रष्टाचारि माहामारिको बेला कर्मचारी कटौती बन्द गर डा।बिनोद दङ्गाल अस्पतालको मनपरितन्त्र बन्द गर कर्मचारिको माथिको थिचोमिचो बन्द गर ” लगायतका प्लेकार्ड बोकेर स्वास्थ्यकर्मिहरु सोमबार आन्दोलनमा उत्रिएका हुन । न्याय हेल्थ नेपाल बाट संचालित अस्पतालले एक्कासि कर्मचारी निकालिएको बिरोधमा आन्दोलनमा उत्रनु परेको संघर्ष समितीका संयोजक सन्तोष पोखरेलले जानकारी दिनु भयो । बिरोध कार्यक्रमलाई सामान्य रुपमा लिए कडा आन्दोलनमा उत्रने पोखरेलले चेतावनी दिए ।