सोह्रखुट्टेबाट ठुलो परिमाणमा नक्कली स्यानिटाइजर सहित दुईजना पक्राउ

News

काठमाडौँ – महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको सोह्रखुट्टेस्थित नयाँबजार क्षेत्रबाट ठूलो परिमाणमा नक्कली स्यानिटाइजरलगायतका सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ ।

आज दिउँसो महाशाखाको टोलीले ठूलो मात्रामा स्यानिटाइजरको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले दुईजना मानिसहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उनीहरूको साथबाट अन्य सामानहरू समेत बरामद् गरिएको छ । कस्मेटिक सामानदेखि लिएर छापलगायतका विभिन्न सामानहरू बरामद् भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत घर भई काठमाडौँ बस्ने ६५ वर्षीय अब्दुल मनान र काठमाडौं कलंकी बस्ने ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेका छन् ।