कश्मिरका स्थानीय निकायका प्रमुखको गोली हानी हत्या

International

एजेन्सी, २७ जेठ । भारत प्रशासित कश्मीरको अनंतनाग जिल्लामा स्थानीय निकायका प्रमुखको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ।

सोमबार बेलुका ६ बजेतिर लकबावन क्षेत्रमा सो घटना भएको हो। काँग्रेसका स्थानीय नेता समेत रहेका कश्मीरी पण्डित अजय पण्डिताको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीले हत्यामा अज्ञात चरमपन्थीको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ । गोली लागेर गम्भीर घाइते भएका पण्डितालाई अस्पताल लैजाने क्रममा ज्यान गएको हो। हत्याको राजनीतिक दलहरुले कडा आलोचना गरेका छन्।

पछिल्ला केही वर्षमा कश्मीरमा पञ्च तथा सरपञ्चको हत्या हुने क्रम बढी रहेको छ। तर, अहिलेसम्म कुनै पनि समूहले हत्याको जिम्मेवारी लिएका छैनन्।