पछिल्लो २४ घण्टामा थप १४६२ जना कोरोना संक्रमित उपचारपछि निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप १४६२ जना उपचारपछि निको भएर घर फर्केको बताए ।