विश्वभर फैलिएको कोरोना भाइरसको कारण थुप्रै मानिस संक्रमित भईसकेका छन् । कोरोना भाइरसका कारण ब्राजीलमा संक्रमित संख्या १६ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ब्राजीलमा भेटिएका कोरोना संक्रमितको संख्या २६ लाखभन्दा बढि रहेका छन् । हालसम्म ब्राजीलमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ४ हजार ५ सय ८५ रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कुल ६ सय १ जनाले ज्यान गुमाएका छन् । ब्राजीलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ब्राजीलमा कुल ६४ हजार ८ सय ६७ रहेको छ ।