थप ११८ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित सं‌ख्या १६ हजार ६४९

Health-Education

नेपालमा शुक्रबार  थप १ सय १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ११८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ८ हजार ६ सय ३  जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ८  हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ जना रहेको छ  ।

पीसीआर विधिबाट शुक्रबार ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।  अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा  २३ हजार ९ सय १०  जना रहेका छन् ।