युवतीलाई बिहेको प्रलोभन देखाएर भारत लाँदै गरेका युवा प्रहरीको फन्दामा

बिहेको प्रलोभनमा देखाएर १८ वर्षीया युवतीलाई भारत लैजाँदै गरेका भारतीय नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। लालझाडी गाउँपालिकाकी युवतीलाई दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुंगे पुल क्षेत्र हुँदै भारत लैजाँदै गरेको र सोधपुछ गर्दा युवतीले भारतीय नागरिकसँग विवाह गर्न जान लागेको बताएपछि माइती नेपालको सूचना परामर्श केन्द्रमा कार्यरत कर्मचारीले युवतीलाई उद्धार गरेका हुन्। यस कार्यमा संलग्न भारत उत्तर […]

Continue Reading

६ लाखमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने माछापोखरीबाट पक्राउ

वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख उठाएर ठगी गर्ने अमित भुजेललाई प्रहरीले पक्राउ गरेको छ । ९ लाख ठगी गरेको भन्दै दुई युवकले दिएको उजुरीको आधारमा भुजेललाई माछापोखरीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-८ २३ वर्षीय भुजेलले २ वर्ष समयको लागि १०५ दिनभित्रमा प्रक्रिया पुर्याएरै अष्ट्रेलिया पठाईदिन्छु प्रतिव्यक्ति […]

Continue Reading

रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका दुई जना पक्राउ

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पक्राउ परेका […]

Continue Reading

६ हजारको ब्याजवापत चार वर्षदेखि श्रमसँगै यौन शोषण

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ। छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार रुपैयाँ ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको दाबी छ। शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताए। आर्थिक अवस्था […]

Continue Reading

१८ वर्षीय युवाको गोजीमा तीन राउण्ड गोली

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए  । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप […]

Continue Reading